सफ्टवेयर अपडेट समस्याका कारण एयर न्यूजील्यान्डका १२ उडान प्रभावित

शनिबार, १३ मंसिर २०८२, १४ : १०

काठमाडौं- एयर न्यूजील्यान्डले ३७ वटा एयरबस विमानमा आवश्यक सफ्टवेयर अपडेट लागू गर्नुपर्ने भएपछि १२ उडान रद्द गरेको छ ।

एयर न्यूजील्यान्डका प्रमुख सुरक्षा अधिकारी नेथन म्याकग्रोका अनुसार, यो सफ्टवेयर अपडेट समस्या देशभित्र र अन्तर्राष्ट्रिय उडानमा सञ्चालन हुने ३७ वटा एयरबस विमानलाई प्रभावित गरिरहेको छ । 

उनले यो अपडेट पूरा गर्न करिब दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको बताएका छन् । 

न्यूजील्यान्ड नागरिक उड्डयन प्राधिकरणका अनुसार उनीहरू एयरबस ए–३२० विमानको अवस्थाबारे पूर्ण रूपमा अवगत छन् र यूरोपेली संघको उड्डयन सुरक्षा एजेन्सीले जारी गरेको आपत्कालीन सुरक्षा निर्देशन कार्यान्वयन गर्न एयर न्यूजील्यान्ड र अन्य सम्बन्धित निकायहरूसँग मिलेर काम गरिरहेका छन् ।

यस निर्देशनअनुसार सबै ए-३२० विमानमा आवश्यक सफ्टवेयर अपडेट गर्नु अनिवार्य गरिएको छ ।  
 

 
शनिबार, १३ मंसिर २०८२, १४ : १०

प्रतिक्रिया