२०३०सालको विमान अपहरण काण्ड

कमाण्डर बसन्त भट्टराईको दाबीः दुर्गा सुवेदीमाथि पैसा चोरी र भारतबाट प्रयोग भएको आरोप (भिडियो)

आइतबार, १४ मंसिर २०८२, ०९ : ४२

काठमाडौं– २०३० सालको ऐतिहासिक विमान अपहरण घटनाका एक कमाण्डर बसन्त भट्टराईले अर्का कमाण्डर तथा हालकी प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदीमाथि कडा आरोप लगाएका छन् । 

भट्टराईले डीजी भिजन नामक युट्युब च्यानलमार्फत दिएको अन्तर्वार्तामा सुवेदीले अपहरणबाट सुरक्षित गरिएको रकममध्ये केही भाग चोरी गरी त्यतिबेलाकै प्रेमसम्बन्धमा रहेका सुशीला कार्कीलाई भेट्न बनारस गएको दाबी गरेका छन् । 

भट्टराईका अनुसार, दुर्गा सुवेदीले तत्कालीन कांग्रेस नेता बीपी कोइरालालाई अपहरणको विवरणबारे गलत जानकारी दिएका थिए । सोही कारण बीपीले हालका प्रधानमन्त्री कार्की पति दुर्गा सुवेदीलाई थप्पड हानेका थिए । 

भट्टराईले अन्तर्वार्तामा दुर्गा सुवेदी मात्र होइन, प्रदीप गिरी, डा. बाबुराम भट्टराई लगायत केही व्यक्तिहरूलाई पनि भारतले आफ्नो राजनीतिक स्वार्थअनुसार प्रयोग गरेको आरोप लगाए ।

२०३० साल जेठ २८ गते शाही नेपाल वायुसेवा निगमको ट्विन अटर विमान अपहरण गरी भारतको फारबिसगञ्ज अवतरण गराइएको थियो ।

अपहरणकारी समूहले पञ्चायती व्यवस्थाविरुद्धको भूमिगत गतिविधिका लागि रकम जुटाउने उद्देश्य राखेको बताइन्छ । अपहरणमा तत्कालेीन भूमिगत कांग्रेस नेता बसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुंगेलको फिल्डमा प्रमुख भूमिका थियो ।

गिरिजा प्रसाद कोइरालासँग २०२६ सालदेखि लामो समय बिताएका भट्टराईले  दशकौँ पुराना घटनाबारे खुलेर राखिएको उनका ताजा दाबीले अपहरणको इतिहासमा नयाँ तरंग पैदा गरेको छ । 

 
आइतबार, १४ मंसिर २०८२, ०९ : ४२

प्रतिक्रिया