काठमाडौं- घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको लाभांश घोषणा भएको छ ।
कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत गरी कुल १०.५२ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिले यो निर्णय गरेको हो ।
लाभांश पारित गर्न कम्पनीले आगामी पुस १४ गते होटल पौवा, घोराही उपमहानगरपालिका–१५ मा साधारणसभा बोलाएको छ ।
लाभांश तथा साधारणसभा प्रयोजनको लागि कम्पनीले मंसिर २६ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार मंसिर २५ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको साधारण सभा र लाभांश वितरण प्रक्रियामा सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया