काठमाडौं- बैंक तथा वित्तीय संस्थाले सहरी क्षेत्रका शाखा कार्यालयहरू मर्ज गर्न पाउने भएका छन् ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षामा मार्फत यस्तो सुविधा दिने जानकारी दिएको हो ।
यसअघि बैंकको शाखा स्वतन्त्र रुपमा मर्ज गर्न पाउने व्यवस्था थिएन । मर्जर भएका बैंकका शाखा मात्रै राष्ट्र बैंकले मर्जरको अनुमति दिने गरेको थियो ।
हाल विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकाहरुमा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेकाले बैंक तथा वित्तीय संस्था स्वयमले शाखा समायोजन तथा एकीकरण गर्न सक्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया