अपडेट

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

मंगलबार, १६ मंसिर २०८२, १० : ५२

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला ३ हजार ५ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 
मंगलबार, १६ मंसिर २०८२, १० : ५२

प्रतिक्रिया