स्पारो एसएमएस बन्यो आधिकारिक मेटा टेक प्रोभाइडर

मंगलबार, १६ मंसिर २०८२, १४ : २६

काठमाडौं- जानकी टेक्नोलोजी प्राइभेट लिमिटेड अन्तर्गतको स्पारो एसएमएसले मेटा टेक प्रोभाइडरको मान्यता प्राप्त गर्दै व्हाट्सएप व्यवसायिक सन्देश सेवा औपचारिक रूपमा उपलब्ध गराएको छ। 

स्पारो एसएमएस नेपालमा विश्वसनीय  एसएमएस सर्भिसको रूपमा परिचित छ । यो उपलब्धिले नेपाली व्यवसायलाई व्हाट्सएपमार्फत ग्राहकहरूसँग अझ सरल, विश्वसनीय र प्रभावकारी संवाद गर्न मद्दत गर्नेछ।

मेटा टेक प्रोभाइडर बनेसँगैअब स्पारो एसएमएसमार्फत WhatsApp Embedded Sign-Up सविुविधा उपलब्ध भएको छ, जसले WhatsApp API सेटअप प्रक्रि या नेपालमै द्रुत , सहज र स्थानीय आवश्यकता अनुसार अनुकुलित बनाएको छ। साना खुद्रा व्यवसायदेखि ठूला उद्योगसम्म सबै व्यवसायले अब WhatsApp Business Messaging सरलतापूर्वक सुरु गर्न सक्छन् । 

SparrowSMS WhatsApp Platform का सुविधाहरु:
1. WhatsApp Embedded Sign-Up — Meta मार्फत सीधा दर्ता
2. Blue Tick Verification — ब्रान्डको विश्वसनीयता सुनिनिश्चित
3. Bulk WhatsApp Broadcast — धेरै प्रयोगकर्ता सम्म तुरुन्त सन्देश
4. Campaign Analytics र Retargeting — सन्देश प्रभाव मापन र सुधार
5. Multi-Agent Live Chat — वास्तविक समयमा ग्राहक व्यवस्थापन
6. No-Code Chat Flow Builder — कुनै प्राविधिक ज्ञान बिना नै स्वचालित संवाद निर्माण

यी सुवधाहरूले व्यवसायलाई ग्राहक अनुभव सुधार गर्न स्वचालनमार्फत कार्य क्षमता बढाउन र दिगो ग्राहक सम्बन्ध निर्माण गर्न मद्दत गर्छन्।

स्पारो एसएमएसका सीइओ मनोज थापा भन्छन, “मेटा एपीआईमार्फत प्रदान गरिएको हाम्रो व्हाट्सएप सेवा सरल, द्रुत र अत्यन्त प्रभावकारी छ। यसले खुद्रा व्यापारदेखि ठूला उद्योगसम्मका सबै व्यवसायलाई ग्राहक सम्पर्क अझ सहज र प्रत्यक्ष बनाउन सहयोग गर्छ।”

एक दशकभन्दा बढी समयदेखि स्पारो एसएमएस नेपालका सरकारी निकाय, वित्तीय संस्था, शैक्षिक संस्था र निजी क्षेत्रका संस्थाहरूको विश्वसनीय डिजिटल संवाद साझेदार बन्दै आएको छ।

 
मंगलबार, १६ मंसिर २०८२, १४ : २६

प्रतिक्रिया