अपडेट

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

बुधबार, १७ मंसिर २०८२, १० : ५९

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको  मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो।

यससँगै बुधबार छापावाल सुन तोलामा २ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 
बुधबार, १७ मंसिर २०८२, १० : ५९

प्रतिक्रिया