सामसङ नेपालद्वारा एनपीएल सिजन २ का लागि एआई टीभीहरूमा छुट घोषणा

बुधबार, १७ मंसिर २०८२, ११ : ०७

काठमाडौं- सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनसको योजना घोषणा गरेको छ । यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टीभीदेखि एचडी टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशतसम्मका क्यासब्याक तथा ७ हजार रूपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध रहेको सामसङ नेपालले जनाएको छ ।

यो योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१, २०२५ सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ । ग्राहकहरूले नजिकैको सामसङ अधिकृत स्टोरमा गई अफरका विस्तृत विवरण थाहा पाउन सक्ने सामसङ् नेपालले उल्लेख गरेको छ ।

८५ इन्चसम्मका ठूलो स्क्रिन र अत्याधुनिक पिक्चर क्वालिटीको विशेषता रहेको छ । सामसङका नवीनतम एआई टीभी लाइनअप (क्यएलईडी र यूएचड) मा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझ उचाइमा पुर्‍याउने अत्याधुनिक फिचरहरू समावेश रहेको कम्पनीको दाबी छ ।

टीभीमा रहेको फोरके एआई अपस्केलिङले जुनसुकै स्रोतको सामग्रीलाई अझ स्पष्ट र धारिलो बनाउँछ । यसैगरी सामसङ केनक्ट सेक्युरिटीले सुरक्षित, भरपर्दो र संरक्षित स्मार्ट कनेक्टिभिटी सुनिश्चित गर्छ ।

उपलब्ध अफरहरू:

Capture

साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ०% ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।

 
बुधबार, १७ मंसिर २०८२, ११ : ०७

प्रतिक्रिया