प्रतिनिधिसभा विघटनविरुद्धको रिट संवैधानिक इजलासमा, आज सुनुवाई हुँदै

बुधबार, १७ मंसिर २०८२, १२ : ००

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

एमालेका नेताहरू महेश बर्तौला र सुनिता बरालले दायर गरेको रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार रेग्मीसहितको संवैधानिक इजलासमा पेसी तोकिएको छ ।

यसअघि प्रतिनिधिसभा पुनस्र्थापनाको मागदाबी लिएर १६ वटा भन्दा बढी रिट दर्ता भई प्रारम्भिक सुनुवाइ समेत अघि बढिसकेको छ । रिटमा प्रधानमन्त्री सुशीला कार्कीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै संसद् पुनस्र्थापना गर्न माग गरिएको छ ।

 
 
बुधबार, १७ मंसिर २०८२, १२ : ००

प्रतिक्रिया