अपडेट

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

विहीबार, १८ मंसिर २०८२, १० : ४१

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो।

यससँगै बिहीबार छापावाल सुन तोलामा २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ६ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 
विहीबार, १८ मंसिर २०८२, १० : ४१

प्रतिक्रिया