कुलमान लक्षित शंकर पोखरेलको कटाक्ष- लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले

विहीबार, १८ मंसिर २०८२, ११ : ०७

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले उर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका अगुवा कुलमान घिसिङलाई लोडसेडिङ हटाएको जस लिएको आरोप लगाएका छन्  । उनले कुलमान लक्षित लोडसेडिङ हटाउन योजना बनाउनेले जस नपाई तेस्रो पक्षले त्यसकै नाममा पार्टी खोलेको टिप्पणी गरेका छन् ।

कुलमानकै अगुवाइमा बुधबार उज्यालो नेपाल पार्टी घोषणा गरिएपछि एमाले महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । यद्यपि कुलमान आफैं भने पार्टीको कुनै पनि जिम्मेवारीमा रहेका छैनन् । 

पोखरेलले फेसबुकमा लेखेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले । जसको योजना उसैलाई श्रेय दिने कहिले ?’

 
विहीबार, १८ मंसिर २०८२, ११ : ०७

प्रतिक्रिया