प्रधानमन्त्री कार्कीले बोलाइन् ५ दलसहित निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखको बैठक

विहीबार, १८ मंसिर २०८२, १३ : ३९

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधि सभाका प्रमुख ५ दलसहित निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएकी छिन्। बैठक शुक्रबार दिउँसो ४ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीले निर्वाचनको वातावरण बनाउन विघटित प्रतिनिधि सभाका प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपासँग छलफल गर्न लागेकी हुन्। 

बैठकमा ती पार्टीका दोस्रो तहका नेताहरु सहभागी हुने बताइएको छ । 
 
विहीबार, १८ मंसिर २०८२, १३ : ३९

प्रतिक्रिया