काठमाडौं- हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागसहित देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ।
आज राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको हिमाली भू(भागको एक(दुई स्थानमा हल्का बर्षा(हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया