अपडेट

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

आइतबार, २१ मंसिर २०८२, १० : ५२

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो।

यससँगै आइतबार छापावाल सुन तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आइतबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
 

 
आइतबार, २१ मंसिर २०८२, १० : ५२

प्रतिक्रिया