गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट हुँदा भीषण आगलागी, मृत्यु हुनेको संख्या २५ पुग्यो

आइतबार, २१ मंसिर २०८२, ११ : ०२

काठमाडौं– भारतको गोवास्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा भएको सिलिन्डर विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेहरुमा ४ पर्यटक र १४ जना कर्मचारी छन् भने अन्य ७ जनाको पहिचान हुन सकेको छैन । अहिलेसम्म मृतकको नाम पनि सार्वजनिक भइसकेको छैन ।

प्रहरीका अनुसार शनिबार राति १२ बजेतिर सिलिन्डर विस्फोट भएको थियो । विस्फोट यति शक्तिशाली थियो कि आगो केही मिनेटमै क्लबभरि फैलिएको थियो ।

 
आइतबार, २१ मंसिर २०८२, ११ : ०२

प्रतिक्रिया