काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः पोषकराज पौडेल नियुक्त भएका छन्।
कम्पनी सञ्चालक समितिको मंसिर १९ गते शुक्रबार बसेको बैठकले पौडेललाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
यो नियुक्ति आगमी पुस ३० गतेबाट लागू हुनेछ भने उनको कार्यकालको ४ वर्षको हुनेछ ।
पौडेलको हालको दोस्रो कार्यकाल अवधि यही पुस मसान्तबाट सकिँदैछ। उनी सिटिजन लाइफको सीइओमा २०७४ माघमा नियुक्त भएका थिए।
प्रतिक्रिया