लामिनार टायल्सद्वारा ‘मेरो सपनाको घर’ अभियान सुरु

आइतबार, २१ मंसिर २०८२, १२ : ५६

काठमाडौं- लामिनार भिट्रिफाईड टायलले “लामिनार-मेरो सपनाको घर” नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरु गरेको छ। अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल-२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन्।

यस अभियान अन्तर्गत बिजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूम को पूर्ण रूपान्तरण नि:शुल्क प्राप्त गर्नेछन्। मेक-ओभर यि प्रतिष्ठित डिजाइन र lifestyle ब्रान्डहरूको सहकार्यमा कार्यान्वयन हुनेछ - Metalwood
Furniture, Kohler Sanitaryware, Brilliant Lighting तथा Emporios Furnishings।

कसरी सहभागी हुने ?
1. ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाउनुहोस्, जसमा किन तपाईंको कोठा (र आवश्यक परे बाथरूम) लाई किन मेकओभर चाहिन्छ भनेर भन्नुहोस्।
2. यो भिडियो लाई public रूपमा तपाईको TikTok / Instagram / Facebook मा पोस्ट गर्नुहोस्।​​​​​​​
3. @laminartiles लाई ट्याग गर्नुहोस् र #LaminarMeroSapanakoGhar ह्यासट्याग प्रयोग गर्नुहोस् ।

छनोट प्रक्रिया
प्रविष्टि भिडियोहरूको मूल्यांकन लामिनार, यसको क्रिएटिभ एजेन्सी, तथा प्रोजेक्ट इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठ सहितको आन्तरिक समितले गर्नेछ। विजेताहरूको छनौट कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता र इन्गेजमेन्ट का आधारमा गरिने छ।

घर मेक-ओभर प्याकेज

प्रत्येक विजेताले निम्न वस्तु तथा सेवाहरू प्राप्त गर्नेछन् : 

  • प्रिमियम सामग्री
  • पूर्ण इन्टेरियर डिजाइन
  • टर्नकी कार्यान्वयन
  • Before–During–After फोटो/भिडियो डकुमेन्टेशन

यस अभियानको भिडियो अपलोड गर्ने अन्तिम मिति २०२६ जनवरी २ रहेको छ  भने  विजेता घोषणा २०२६ जनवरी ७ मा हुने कम्पनीले जनाएको छ । 

 
आइतबार, २१ मंसिर २०८२, १२ : ५६

प्रतिक्रिया