चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ

सोमबार, २२ मंसिर २०८२, १२ : ४९

काठमाडौं- आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।

काठमाडौंको सिनामंकलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा उनलाई नागढुंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने,‘छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुंगाबाट पक्राउ गरेका छौं, उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ ।’

असई कार्कीले सिनामङ्गलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्याबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । 

 
सोमबार, २२ मंसिर २०८२, १२ : ४९

प्रतिक्रिया