मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

मंगलबार, २३ मंसिर २०८२, ०७ : ३०

काठमाडौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू९भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

राति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

मंगलबार, २३ मंसिर २०८२, ०७ : ३०

प्रतिक्रिया