अपडेट

सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, प्रतितोला कति ?

मंगलबार, २३ मंसिर २०८२, १० : ५१

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 
मंगलबार, २३ मंसिर २०८२, १० : ५१

प्रतिक्रिया