उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बुधबार, २४ मंसिर २०८२, १० : १८

उदयपुर– चौदण्डी नगरपालिका–४ बसाहामा मंगलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा  एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । 


 

 
बुधबार, २४ मंसिर २०८२, १० : १८

प्रतिक्रिया