अपडेट

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने हालसम्मकै उच्च

बुधबार, २४ मंसिर २०८२, १० : ५२

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५१ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदी भने तोलामा १५० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । मंगलबार प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा ३ हजार ७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
 

 
बुधबार, २४ मंसिर २०८२, १० : ५२

प्रतिक्रिया