ललितपुरमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न

बुधबार, २४ मंसिर २०८२, १२ : ०१

काठमाडौं- लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान (नोभेम्बर २५–डिसेम्बर १०) अन्तर्गत ‘प्रविधिको सही प्रयोगः लैंगिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित ललितपुरमा विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ।

शान्ति शिक्षा अभियान नेपाल र किन इन्डिया दिल्लीको संयुक्त आयोजनामा महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धि मंगल मावि, गोदावरी नगरपालिका–५ को लेले गणेश महिला समूह तथा विभिन्न विद्यालयका विद्यार्थी र महिला समूहहरूको सहभागिता रहेको यो कार्यक्रम डिजिटल युगमा बढ्दो हिंसाका स्वरूपबारे केन्द्रित थियो।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो की प्र।स।नि प्रकृति खड्काले डिजिटल माध्यमबाट हुने हिंसा, जोखिमका रूप र त्यसबाट कसरी सुरक्षित रहन सकिन्छ भन्नेबारे विस्तृत जानकारी गराइन्।

सचेतना कार्यक्रमको संयोजन विश्वकीर्तिमानी सगरमाथा आरोही तथा बालविवाह एवं मानव बेचविखनविरुद्धकी अभियन्ता कल्पना महर्जनले गरेकी थिइन्। उनले सामाजिक सञ्जालमार्फत बालविवाह र मानव बेचविखनका जोखिम बढिरहेको उल्लेख गर्दै यस्ता कार्यक्रम अहिलेको आवश्यकता भएको बताइन्।

 
बुधबार, २४ मंसिर २०८२, १२ : ०१

प्रतिक्रिया