अपडेट

विद्युत प्राधिकरणमा फर्किए हितेन्द्रदेव शाक्य

बुधबार, २४ मंसिर २०८२, १२ : १६

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार उनले बुधबार बिहान प्राधिकरणमा पुगेर पदबहाली गरेका हुन् । 

सोमबार सर्वोच्च अदालतले उनको प्राधिकरणमा पुनर्बहाली हुने परमादेश जारी गरेको थियो । 

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध फैसला गरेको थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।

 
बुधबार, २४ मंसिर २०८२, १२ : १६

प्रतिक्रिया