मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

विहीबार, २५ मंसिर २०८२, ०७ : १६

काठमाडौं- देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

विहीबार, २५ मंसिर २०८२, ०७ : १६

प्रतिक्रिया