काठमाडौं- भ्रष्टाचार विरुद्ध क्रियाशील संस्था बास नेपालले रजत वर्ष भव्यताका साथ सम्पन्न गरेको छ । २५औं वार्षिकोत्सव समारोहको अवसरमा नेपालगन्जमा विविध कार्यक्रम गरी कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
संस्थाका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले भ्रष्टाचार विरुद्धको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए । असल शासनको यात्रामा समुदाय देखि जिल्ला सम्म लामो समय काम गरी सक्नुभएका मन्त्री भण्डारीले हरेक नागरिकले सुशासन प्रवर्द्धनलाई सामाजिक उत्तरदायित्वको रूपमा लिनुपर्नेमा जोड दिए । उनले बास नेपालले देश व्यापी रूपमा सञ्चालन गरिरहेको भ्रष्टाचार विरुद्धको अभियानले युवाहरूमा जागरण ल्याएको बताए । उनले सुशासन प्रवर्द्धनमा आफ्नो तर्फबाट प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा बोल्दै बास नेपालका सल्लाहकार तथा कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्ण हरी बास्कोटाले ७ प्रदेश र ७७ वटै जिल्लामा फैलिएको बासलाई स्थानीय सरकारको समर्थन रहेको बताए । सुशासन बहालीमा युवा परिचालन गरिरहेको बासले सरकार र समुदायलाई नैतिक बन्न अभिप्रेरित गरिरहेको बताए । उनले बासको आगामी यात्रा थप बलियो हुँदै जाने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तारानाथ दाहालले बास नेपालको सुशासन अभियान उत्कृष्ट अभियान रहेको बताए । उनले राज्य विचलित भएको अवस्थामा बास जस्ता संस्थाहरूले सही मार्गमा ल्याउन पैरवीको कार्य गर्ने उनको भनाई थियो । संस्थालाई हरेक समय तयार अवस्थामा रही रहन सबैले सहयोग र समर्थन गर्नुपर्नेमा उनको जोड थियो ।
यसै गरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि भ्रष्ट्राचार विरुद्धका अभियन्ता केदार खड्काले २५ वर्ष पुरा गरेको बास नेपालले राष्ट्रिय परिचय हासिल गरेको बताए । बास नेपालले युवाहरूलाई ऊर्जा भरेको बताउँदै उनले भने जहाँ जहाँ भ्रष्टाचार मौलाउँछ त्यहाँ बास नेपाल पुग्छ । उनले बासको आगामी यात्राको सफलताको शुभकामना व्यक्त गरे । बासका केन्द्रीय महासचिव कल्पना अधिकारीले सञ्चालन गरेको रजत समारोहमा भ्रष्टाचार विरुद्धको नागरिक सम्मान, बासका उत्कृष्ट शाखा र कर्मचारीको घोषणा, कर्मचारीलाई विधा अवार्ड, उत्कृष्ट स्वयम् सेवक, सामाजिक उत्तरदायित्व वहन गर्ने व्यक्ति लगायतलाई सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि अतिथि, बासका केन्द्रीय अध्यक्ष लगायतले गरेका थिए । कार्यक्रममा बास नेपालका कर्मचारी मिना घर्ती मगर, शोभा चौधरी, सबिना रोका मगर र कृष्णा विकले नृत्य प्रस्तुत गरेका थिए । रजत समारोहमा ३ सय ५० बढीको सहभागिता रहेको थियो । वार्षिकोत्सव अवसरमा विभिन्न सम्मान प्रदान बास नेपालको रजत समारोहमा विभिन्न सम्मानहरू प्रदान गरिएको छ । भ्रष्टाचार विरुद्ध नागरिक सम्मान भ्रष्टाचार विरुद्धको नागरिक सम्मान सूचनाको हकका अभियन्ता तारनाथ दाहाललाई प्रदान गरिएको छ ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस तथा बास नेपालको रजत समारोहको अवसरमा नेपालगन्जमा आयोजित रजत वर्ष विशेष कार्यक्रममा अभियन्ता दाहाललाई भ्रष्टाचार विरुद्ध नागरिक सम्मान २०८२ प्रदान गरिएको हो । सूचनाको हक प्रवर्द्धन, प्रचलनका माध्यमबाट भ्रष्टाचार विरुद्ध पुराएको नेतृत्वदायी योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, विशिष्ट अतिथि राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्ण हरि बास्कोटा, भ्रष्टाचार विरुद्धका अभियन्ता केदार खड्का र बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
विभिन्न व्यक्तिहरूलाई सामाजिक उत्तरदायित्व सम्मान रजत समारोहको अवसरमा शिक्षा क्षेत्रबाट ब्राइटल्याण्ड स्कुल नेपालगन्जका संस्थापक बिजय लामा, स्वास्थ्य क्षेत्रबाट वरिष्ठ चिकित्सक डा. एम किदवाई, साहित्य क्षेत्रबाट वरिष्ठ साहित्यकार सनत रेग्मी, पत्रकारिता क्षेत्रबाट वरिष्ठ पत्रकार झलक गैरे, महिला बालवालिका मधेषि मुस्लिम समुदायको उत्थानका काम गरे बापत फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्धिकी, गीत, सङ्गीत र कला क्षेत्रबाट वरिष्ठ कलाकार कमल बिके निर्मोही, इनोभेसन नेपालगन्ज ग्यालरीका सञ्चालक समिरमान श्रेष्ठ, टाफिक स्वयम् सेवाको माध्यमबाट दुर्घटना न्यूनीकरणमा कार्य गरे बापत पोखराका शिव बस्ताकोटी, बाग्मती सरसफाइ अभियानका अभियन्ता चक्र बहादुर चन्द, वातावरणीय स्वच्छता, जलवायु न्याय र सरसफाइ क्षेत्रबाट क्लिन अप नेपाल काठमाण्डौंका कार्यकारी निर्देशक रवीन्द्र लामिछाने, नेपालगन्जमा बिषदी बिर्सजनमा भूमिका निर्वाह गरेका तेज विक्रम शाहलाई सम्मान गरिएको थियो ।
यसै गरी आम पाठकका लागि प्रेरणाको श्रोत, युवाका लागि मार्ग निर्देशक, पेशाबिदहरुका लागि स्वउत्प्रेरणा प्रदान गर्ने राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख सूचना आयुक्त कृष्ण हरी बास्कोटाद्धारा लिखित पुस्तक खुसीको गोरेटोलाई समेत सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारी तथा कर्मचारी विधा, शाखा र स्वयंसेवक सम्मान बास रजत समारोहमा बास नेपाल केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूलाई सम्मान गरिएको छ । कार्यक्रमका बिच कर्मचारीहरूको विशेष सिप र क्षमताको आधारमा उक्त सम्मान गरिएको हो ।
रजत समारोहका बिच बास नेपालका प्रशासकीय अधिकृत शुद्ध प्रसाद चौधरी र प्रशासन सहायक मिना घर्ती मगरलाई उत्कृष्ट वर्ष कर्मचारी घोषणा गरी सम्मान गरिएको छ । यसै गरी उत्कृष्ट शाखाको रूपमा नगद रु १० हजार सहित दैलेख शाखा सम्मानित भएको छ । यसै गरी क्रमशः द्धितिय, तृतीय र सान्त्वना बाँके, बर्दिया र दार्चुला शाखा सम्मानित भएका छन् ।
सम्मानित हुने शाखाहरूले क्रमशः ७ हजार ५ हजार र ३ हजार नगद सम्मान पत्र प्राप्त गरेका छन् । बास नेपाल केन्द्रीय कार्यालय अन्तरगत स्वयम् सेवकहरू मध्ये पुरुष तर्फ चन्द्र प्रसाद जैसी र महिला तर्फ सङ्गीता बिक उत्कृष्ट स्वयंसेवक २०८२ घोषणा भई सम्मानित भएका छन् ।
यसै गरी इनोभेटिम राष्ट्रिय युवा स्वयम् सेवक पुरस्कार बर्दियाका एक नारायण अधिकारीले हासिल गरेका छन् । विभिन्न चरण पार गरी जम्मा १० जना प्रतिष्पर्धीहरु मध्ये अधिकारी उत्कृष्ट पहिलो स्थान हात पार्न सफल भएका हुन् । पुरस्कार प्राप्त गरेसँगै अधिकारीले ट्रफि, दोसल्ला सहित नगद ५० हजार प्राप्त गरेका छन् ।
प्रतिक्रिया