बैंकहरुको मुद्दती निक्षेपमा १ अर्ब लगानी गर्दै राष्ट्र बैंक

विहीबार, २५ मंसिर २०८२, १६ : ५२

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो। 

यसका लागि मंसिर २८ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ८० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १५ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२५ डिसेम्बर १८ देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

 
विहीबार, २५ मंसिर २०८२, १६ : ५२

प्रतिक्रिया