मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

शुक्रबार, २६ मंसिर २०८२, ०७ : १०

काठमाडौं-  देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

शुक्रबार, २६ मंसिर २०८२, ०७ : १०

प्रतिक्रिया