काठमाडौं– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले शुक्रबार (आज) प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग बयान लिँदैछ ।
आईजीपी कार्कीसँग बयान लिनका लागि पत्र काटिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए । भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न गठित आयोगले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाएको हो।
बिहीबारदेखि नै बयान दिन पुगेका तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्व गृहसचिव गोकर्णमणी दुवाडीको बयान सकिएकै छैन। उनीहरुलाई आज पनि बोलाउने तयारी छ।
पूर्वगृहसचिव गोकर्णमणी दुवाडी र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर यसअघि काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान लिइएको थियो। मुख्यसचिवले भने बयान दिइसकेका छन्।
प्रतिक्रिया