गोल्याण ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय चयन

शुक्रबार, २६ मंसिर २०८२, १५ : २६

काठमाडौं– नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्याण ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्याण चयन भएका छन्। ग्रुपले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो वार्षिक उत्सवको अवसरमा गोल्याण अक्षयमा चयन भएको घोषणा गरेको हो । 

ग्रुपको प्रबन्ध निर्देशकको रूपमा नौ वर्षदेखि कार्यरत उनले अब ६ दशक लामो इतिहास बोकेको गोल्याण ग्रुपको नेतृत्व सम्हाल्नेछन्। ग्रुपका कर्पोरेट अफेयर्स प्रमुख ज्योति गैह्रैद्वारा जारी विज्ञप्तिमा अक्षय गोल्याण अब कार्यकारी अधिकारसहित बोर्डको नेतृत्व गर्दै अध्यक्ष र प्रबन्ध निर्देशकको भूमिकामा रहने उल्लेख छ । 

‘अक्षय गोल्याण अब ग्रुपको अध्यक्ष र प्रवन्ध निर्देशकको भूमिकामा रहनुहुनेछ, कार्यकारी अधिकारसहित बोर्डको नेतृत्व एकै ठाउँमा केन्द्रित हुनुले गोल्याण ग्रुपको विकास, विस्तार र विश्वव्यापी उपस्थिति थप प्रभावशाली हुने विश्वास गरिएको छ,’ ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन्स प्रमुख ज्योति गैह्रैद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 
शुक्रबार, २६ मंसिर २०८२, १५ : २६

प्रतिक्रिया