कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए शपथ

शुक्रबार, २६ मंसिर २०८२, १५ : ४१

काठमाडौं– सुशीला कार्की नेतृत्वको सरकारमा ४ मन्त्री थपिएका छन् । आजै राष्ट्रपति निवास शितलनिवासमा चार मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् चौथोपटक भएको हो ।

नवनियुक्त मन्त्रीहरुमध्ये कुमार इङ्नामले भूमि व्यवस्था,राजेन्द्रसिंह भण्डारीले श्रम,माधव चौलागाईले वन तथा वातावरण र श्रद्धा श्रेष्ठले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मा पाएका छन् ।

उनीहरुले  आज शपथग्रहण गरेका छन् । उद्योग र कानून मन्त्रीको जिम्मा पाएका अनिल सिन्हालाई पर्यटन मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ । 

 
शुक्रबार, २६ मंसिर २०८२, १५ : ४१

प्रतिक्रिया