मौुसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

शनिबार, २७ मंसिर २०८२, ०७ : ३४

काठमाडौं- आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।

आज दिउसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

आज राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । आइतबार भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

शनिबार, २७ मंसिर २०८२, ०७ : ३४

प्रतिक्रिया