हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

शनिबार, २७ मंसिर २०८२, १० : ५७

काठमाडौं- हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका हुन् । 

आज बिहान करिव ६ः३० बजे बिराटचोकस्थित बस्तीको बिचमै घिमिरेलाई आक्रमण गरेको थियो ।

 
शनिबार, २७ मंसिर २०८२, १० : ५७

प्रतिक्रिया