सिटिजन लाइफले पुस १८ गतेका लागि बोलायो साधारणसभा, लाभांश पस्ताव पारित गर्ने

शनिबार, २७ मंसिर २०८२, ११ : २९

काठमाडौं सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा पुस १८ शुक्रबार बस्ने भएको छ । 

सभा आम्रपाली व्याङ्कवेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ९ः३० बजे बस्ने जनाएको छ । कम्पनीको मंसिर २६ गते शुक्रबार सम्पन्न १२६ औं बैठकको निर्णयले सभाको मिति तय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। सभाले सो प्रस्ताव पारित गर्नेछ ।

सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१र८२ को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।


कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले साधामा भाग लिनुको साथै लाभांश पाउनेछन्।

 
 
 
शनिबार, २७ मंसिर २०८२, ११ : २९

प्रतिक्रिया