त्रिभुवन विश्वविद्यालयमा एरोकनेक्सन्सले 'एभिएसन आफ्टर मार्केट ओरिएन्टेसन' कार्यक्रम सम्पन्न गरेको छ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई), पुल्चोक क्याम्पसका एरोस्पेस तथा मेकानिकल इन्जिनियरिङका विद्यार्थीहरूलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
विद्यार्थीहरूलाई एभिएसन आफ्टर मार्केट उद्योगबारे आधारभूत ज्ञान दिलाउने र विश्वव्यापी अवसरहरूबारे बुझाउन उद्देश्यले एरोकनेक्सन्सले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।

कार्यक्रममा ५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । त्रिभुवन विश्वविद्यालयका यान्त्रिक तथा एरोनार्टिकल इन्जिनियरिङ विभाग प्रमुख डा. सुदीप भट्टराईको सहयोग र समन्वयमा उक्त कार्यक्रम भएको थियो ।
अभिमुखीकरण सत्रमा एरोकनेक्सन्सका टेक्निकल रिसोर्सेस म्यानेजर अभिषेक सिंह तथा बिजनेस म्यानेजर मेरिन पालले उद्योग सञ्चालन विधि, बजार प्रवृत्ति तथा करिअरका सम्भावनाहरूका बारेमा आ–आफ्नो प्रस्तुति दिएका थिए । अन्त्यमा भएको अन्तक्र्रियामा विद्यार्थीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए ।
एरोकनेक्सन्स संयुक्त अरब इमिरेट्समा आधारित एभिएसन मटेरियल समाधानमा अग्रणी कम्पनी हो ।
प्रतिक्रिया