यांगो राइडद्वारा नेपालका लागि एपभित्र नयाँ सुरक्षा सुविधा सार्वजनिक

शनिबार, २७ मंसिर २०८२, १३ : ०४

काठमाडौं- विश्वव्यापी टेक कम्पनी यांगो ग्रुपअन्तर्गतको यांगो राइडले नेपालमा आफ्नो अनुप्रयोगमा नयाँ सुरक्षा संरचना (सेफ्ली स्लो) सार्वजनिक गरेको छ ।

यस अपडेटले व्यक्तिगत सुरक्षा चेकलिस्टहरू समावेश गर्दछ, जसले यात्रुहरूलाई यात्राका बेला लागू भएका सुरक्षा उपायहरूको वर्तमान अवस्था हेर्ने सुविधा प्रदान गर्छ । 

साथै, यसमा यात्रुहरूले यात्रा सुरु गर्नुअघि र यात्रा दौरान पालन गर्नसक्ने सुरक्षा सुझावहरू सहितको नयाँ ‘सेफ्ली सेन्टर’ पनि समावेश गरिएको छ । यो अपडेट आगामी दिनहरूमा क्रमशः सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ ।

यात्रा–अगाडिको चेकलिस्टः यात्रा अझ सहज र सुरक्षित बनाउन आवश्यक कदमहरू

नयाँ सेफ्ली सेन्टरमा यात्रुहरूले पालन गर्नुपर्ने उपायहरूको सूची प्रदर्शित हुन्छ । यसमा अनबोर्डिङ सामग्री पढ्नु, व्यक्तिगत जानकारी भर्नु, विश्वसनीय सम्पर्क थप्नु, सेल्फी प्रमाणिकरण गर्नु, वा इमेल अद्यावधिक गर्नु जस्ता चरणहरू समावेश छन् ।

यदि सूचीमा कुनै पनि कुरा अपूर्ण छ भने, एपले त्यसैलाई चिन्हित गर्छ र प्रयोगकर्तालाई आवश्यक कदम चाल्न तथा बाँकी भाग पूरा गर्न सूचित गर्छ । यात्रुहरूले पार्टनर चालकका लागि निर्धारित मापदण्डहरू, विवाद वा दुर्घटना परेको अवस्थामा सहयोग कसरी पाउने, तथा प्रत्येक सुरक्षा सुविधाबारे विस्तृत जानकारी एकै क्लिकमा जान्न सक्छन् । मुख्य स्क्रिनमा आपतकालीन अवस्थाका लागि सधैँ एसओएस सिग्नल र सपोर्टका लागि बटनहरू उपलब्ध हुन्छन् ।

“यांगोमा सुरक्षा हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो। हामी दृढ सुरक्षा उपायहरू र प्रविधिहरू लागू गर्नु मात्र पर्याप्त छैन, ती प्रत्येक प्रयोगकर्ताका लागि देखिने, बुझ्न सकिने र पारदर्शी हुनु पनि आवश्यक छ भन्नेमा विश्वास गर्छौं । नयाँ व्यक्तिगत सुरक्षा चेकलिस्ट र अपडेटहरूसँग, यात्रुहरूले अब आफ्नो यात्राको हरेक चरणमा - बुकिङदेखि यात्रा समाप्ति सम्म - हामीले उनीहरूको सुरक्षा सुनिश्चित गर्न के–के गरिरहेका छौँ भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्छन्,” याङ्गो नेपालका प्रवक्ताले भनेका छन् ।

सेफ्ली स्टाटस बिकम मोर भिजेवल ड्युरिङ द राइड्स 

यात्रा दौरान सुरक्षा स्थिति अझ स्पष्ट र दृश्य

नयाँ सेफ्ली सेन्टरले यात्राको हालको स्थिति देखाउँछ र कुन–कुन सुरक्षा जाँचहरू तथा सुविधाहरू सक्रिय छन् भन्ने सङ्केत गर्दछ । सुरक्षा स्तरको गणनामा निम्न कारकहरू समावेश हुन्छन्ः

● चालक पहिचानको नवीनतम प्रमाणीकरणः

पार्टनर चालकहरूले आफ्नो चालक अनुमति पत्र (दुवै तर्फ) का फोटो र अनुमति पत्र समातेको सेल्फी अनिवार्य रूपमा अपलोड गर्नुपर्छ । सिस्टमले यी जानकारीलाई चालकको प्रोफाइलसँग मिलान गर्छ । यो प्रक्रिया पूरा नभएसम्म चालकले अर्डर लिन पाउँदैनन् ।

● गतिमा नियन्त्रण

यांगो राइड एपले जिपिएस प्रयोग गरी चालकको मार्ग र गति ट्रयाक गर्छ । उक्त गति मार्ग निर्माणका लागि प्रयोग गरिएको नेभिगेटरका आधारमा सो सडकमा अनुमति दिइएको अधिकतम गतिसँग तुलना गरिन्छ ।

● ड्राइभिङ शैली नियन्त्रण

ड्राइभिङ व्यवहार निगरानी प्रणालीले चालकलाई सुरक्षित रूपमा ड्राइभ गर्न सहयोग गर्छ । यसले चालकको स्मार्टफोनमा रहेको एक्सेलेरोमिटर र जाइरोस्कोपका डेटा विश्लेषण गरी अचानक तीव्र बअअभभिचबतष्यल, मभअभभिचबतष्यल, वा अनियन्त्रित मोडजस्ता जोखिमपूर्ण गतिविधि पत्ता लगाउँछ । प्रत्येक असुरक्षित ड्राइभिङका घटना पछि चालकलाई सावधानीपूर्वक चलाउन चेतावनी पठाइन्छ । चेतावनीहरू बेवास्ता गरेमा सेवामा पहुँच सीमित गर्न सकिन्छ ।

याङ्गो राइडको मुख्य प्राथमिकता : सुरक्षा

याङ्गो राइड सेवामा यात्रु र पार्टनर चालक दुवैका लागि यात्राअघि, यात्रा दौरान र यात्रा पछि प्रयोग गर्न मिल्ने ३० भन्दा बढी सुरक्षा सुविधाहरू उपलब्ध छन्।

यी सुविधाहरूमा गति र ड्राइभिङ शैली निगरानी, विश्वसनीय सम्पर्कसँग मार्ग र विवरण शेयर गर्ने सुविधा, आपतकालीन अवस्थामा एसओएस नम्बरमा द्रुत पहुँच, तथा अन्य धेरै विकल्पहरू समावेश छन् ।

 
शनिबार, २७ मंसिर २०८२, १३ : ०४

प्रतिक्रिया