अध्यक्ष ओलीद्वारा एमालेको महाधिवेशन उद्घाटन

शनिबार, २७ मंसिर २०८२, १४ : २९

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर झण्डोत्तल र बत्ति बालेर उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा एमालेका नेता कार्यकर्तासहित विभिन्न पार्टीका नेताहरु अतिथिका रुपमा सहभागी भएका छन् । सल्लाघारीस्थित तीनकुने मैदानमा सहभागीहरुको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

एमालेको महाधिवेशन डिजिटल प्रविधिबाट उद्घाटन गरिएको हो ।

 
शनिबार, २७ मंसिर २०८२, १४ : २९

प्रतिक्रिया