एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए पल्सर एन १६० मोटरसाइकल

सोमबार, २९ मंसिर २०८२, १० : ४८

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ ।

‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले शनिबार एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर मोटरसाइकल (एन१६०) पुरस्कार स्वरुप प्रदान गरेको हो ।

एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सका कप्तान तथा सबैभन्दा बढी रन बनाएका रोहितकुमार पौडेलले पल्सर मोटरसाइकल प्राप्त गरे । उनले यस सिजनमा २७६ रन जोडेका हुन् ।

विराटनर किंग्सका कप्तान तथा सबैभन्दा बढी विकेट लिएका सन्दीप लामिछानेलाई पनि पल्सर मोटरसाइकल प्रदान गरिएको छ । लामिछानेले १७ विकेट हात पारेका थिए ।

यस सिजनकै इमर्जिङ प्लेयरको उपमा पाएका लुम्बिनीका शेर मल्ललाई पल्सर पनि मोटरसाइकल प्रदान गरिएको गोल्छा ग्रुपले जनाएको छ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले कम्पनीले खेललाई सधैं प्राथमिकतामा राख्दै आएको बताए । ‘सम्झौताअनुसार उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल दिन पाउनु खुसीको कुरा हो, ब्रान्डलाई खेलसँगै जोडेर अघि बढाउन हामी सधैं प्रतिबद्ध छौं,’ उनले भने ।

यसअघि कात्तिक १३ गते गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ ९क्यान०बीच एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने सम्झौता भएको थियो । कीर्तिपुर अन्तर्राष्ट्रिय रंगशालामा मंसिर १ देखि सुरु भएको एनपीएलको दोस्रो संस्करण मंसिर २७ गते शनिबार सम्पन्न भएको छ ।

सोमबार, २९ मंसिर २०८२, १० : ४८

प्रतिक्रिया