दोर्दी खोला जलविद्युतले बोलायो साधारणसभा, हकप्रद सेयर जारी गर्ने

सोमबार, २९ मंसिर २०८२, १२ : ४८

काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनीले पुस २१ गते सोमबार साधारणसभा गर्ने भएको छ । सभा बिहान ८ बजे हुने निर्णय भएको हो ।

कम्पनीको मंसिर २८ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१र८२ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८१र८२ को लागि लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्ने, हकप्रद सेयर निष्कासन गर्ने, अधिकृत पूँजी र जारी पूँजी सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नियमक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।
 

 
सोमबार, २९ मंसिर २०८२, १२ : ४८

प्रतिक्रिया