काठमाडौं- अब विदेशबाट आउने पेन्सन समेत रेमिट्यान्स खाता खोलेर राख्न पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्रमार्फत यस्तो व्यवस्था गरेको हो ।
यसअघि वैदेशिक रोजगारीमा गएर रेमिट्यान्स पठाउनेको रकम मात्रै यस्तो खातामा राख्न पाउने व्यवस्था गरिएको थियो । अहिले रेमिट्यान्स खातामा साधारण खाताभन्दा कम्तीका १ प्रतिशत विन्दुले ब्याजदर बढी कायम गर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।
रेमिट्यान्स खातामा जम्मा गर्न पाइने भएसँगै यो रकममा पनि साधारण खाताभन्दा बढी ब्याज पाइने भएको छ ।
प्रतिक्रिया