मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

मंगलबार, ०१ पुस २०८२, ०७ : ३२

काठमाडौं- हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

मंगलबार, ०१ पुस २०८२, ०७ : ३२

प्रतिक्रिया