अपडेट

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

मंगलबार, ०१ पुस २०८२, १० : ४५

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ५९ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार ७८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 
मंगलबार, ०१ पुस २०८२, १० : ४५

प्रतिक्रिया