आन्तरिक राजश्व विभागद्वारा मंसिर महिनामा ३५ अर्ब  १३ करोड राजश्व संकलन

मंगलबार, ०१ पुस २०८२, १३ : ५०

काठमाडौं- आन्तरिक राजश्व विभागले चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा मात्रै ३५ अर्ब  १३ करोड ९७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । 

अर्थ मन्त्रायलले सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको राजश्व संकलनको तथ्यांक अनुसार भन्सार विभागले उक्त राजश्व संकलन गरेको हो।

गत आर्थिक वर्षको मंसिर महिनामा ३५ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ संकलन गरेको थियो । गत वर्षको मङ्सिर महिनाको तुलनामा यो वर्ष राजश्व कम संकलन गरेको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको साउन देखि मंसिर महिना पाँच महिनासम्म भने आन्तरिक राजश्व विभागले १ खर्ब ८७ अर्ब ६७ करोड ८० लाख रुपैयाँ संकलन गरेको छ । चालु आर्थिक वर्षको वार्षिक लक्ष्यको तुलनामा भन्सार विभागले २५.४५ प्रतिशत राजश्व संकलन गरेको तथ्यांकले देखाएको छ । त्यस्तै, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने १.३२ प्रतिशतले वृद्धि भएको छ ।

आन्तरिक राजश्व विभागले गत वर्षको मङ्सिर महिनाको तुलनामा कम राजश्व संकलन गरेको भए पनि वार्षिक अवधिसम्मको तुलनामा विभागको स्थिति १.३२ प्रतिशतले सकारात्मक देखिएको छ ।

त्यस्तै,अन्य राजश्व (गैर कर) तर्फ पनि सकारात्मक वृद्धि भएको छ । पछिल्लो पाँच महिनामा २४ अर्ब  ७ करोड २७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जसमा मंसिर महिनामा मात्रै भने ४ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । 

 
मंगलबार, ०१ पुस २०८२, १३ : ५०

प्रतिक्रिया