काठमाडौं- नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ । मंगलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो ।
मंगलवार साँझ मतदाताहरू मतदान हुने आशामा राति ८ बजे लाइनमै बसेको बेला भोलि मतदान हुने भन्दै फर्काइएको थियो ।
निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि मतदान बुधबारका लागि सारिएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।
नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व (अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।
प्रतिक्रिया