एमालेको महाधिवेशन : अध्यक्षका प्रत्याशी ओली र पोखरेलले गरे मतदान

बुधबार, ०२ पुस २०८२, १० : ०७

काठमाडौं- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्षका उम्मेदवारहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिलो मत खसालेका छन् । 

राजधानीको भृकुटीमण्डपमा बुधबार बिहान ओली र पोखरेलले छुट्टाछुट्टै विद्युतीय मतपेटिका प्रयोग गरेर आफ्नो मत खसालेका छन् । ओलीले ७७ नम्बर र पोखरेलले ७६ नम्बरको मतपेटिकामा तोकिएको क्लस्टरअनुसार मत खसालेका हुन् ।

एमालेको नयाँ नेतृत्व चयनका लागि आज दिनभर मतदान हुने बताइएको छ । निर्वाचनमा ओली र पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएका छन् । निर्वाचनमा २ हजार २६३ मतदाता रहेका छन् ।

 
बुधबार, ०२ पुस २०८२, १० : ०७

प्रतिक्रिया