काठमाडौं– जेन्जी अगुवा रवि किरण हमालले संसद पुनर्स्थापनाको च्याप्टर क्लोज भइसकेको बताएका छन्।
तत्कालीन संसदले जनताका कुरा नसुन्दा विद्रोह भएको र उक्त संसदबाट निर्मित सरकारले ७६ जना मानिसलाई हत्या गरेको कारण संसद पुनर्स्थापनाको छलफल नगर्न चेतावनी दिएका छन्।
किरणले भाद्र २४ गते सुशीला कार्की अरु योजनाबद्ध रुपमा सडकमा आएर देशलाई खरानी बनाउँदै राज्यविहिनताको अवस्था सिर्जना र सत्ता कु गरेको लागेको आरोप लगाएका छन्। वर्तमान सरकारको राजनीतिक र नैतिक वैधता समाप्त भएको उनले दाबी गरेका छन्।
तत्काल जेन्जी विद्रोही, राजनीतिक दल र प्रबुद्ध मानिसहरू सहितको सर्वपक्षीय सरकार निर्माण गरेर संविधान पुनर्लेखन गर्नु नै अहिलेको निकास रहेको दाबी गरेका छन्।
नेपाल प्रथमले काठमाडौँको क्रिस्टल प्यालेस बैकुटमा आयोजना गरेको जेनजी भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका छन् । उनले जेन्जीहरु एक ठाउँमा उभिएर राष्ट्रलाई संकट मोचनका लागि अग्रसर हुन पनि आह्वान गरेका छन्।
प्रतिक्रिया