अपडेट

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीले बनायो नयाँ रेकर्ड

बुधबार, ०२ पुस २०८२, १० : ५३

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको तोलामा मूल्य दुई लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार चाँदीको मूल्य तोलामा १७० रुपैयाँले बढेर प्रतितोला चार हजार ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 
बुधबार, ०२ पुस २०८२, १० : ५३

प्रतिक्रिया