रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सुनुवाई हुँदै

बुधबार, ०२ पुस २०८२, १० : ५७

काठमाडौं– रास्वपाका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा सुनुवाई आज हुँदैछ ।

युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए ।

२०७९ चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले पनि लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

 
बुधबार, ०२ पुस २०८२, १० : ५७

प्रतिक्रिया