काठमाडौं– सरकारले चार उपसचिवसहित ४२ कर्मचारीको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर २९ को निर्णयअनुसार चार उपसचिव र ३८ शाखा अधिकृतसहित ४२ कर्मचारीको सरुवा गरेको हो ।
४२ कर्मचारीको सरुवा गर्दा २ उपसचिवलाई विभिन्न नगरपालिकामा र १६ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया