अपडेट

एमाले महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान जारी, हालसम्म ४१५ मत खस्यो

बुधबार, ०२ पुस २०८२, १३ : ३८

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइरहेको छ।

काठमाडौंको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो।

आज बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानमा हालसम्म करिब  ४१५ मत खसेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने दुई हजार २६३ प्रतिनिधि रहेका छन्।

 
 
बुधबार, ०२ पुस २०८२, १३ : ३८

प्रतिक्रिया